प्रधानमन्त्री प्रचण्डले रविलाई भने– तपाईं अहिले नै मन्त्री नबन्नुस्

NewsBankNepal Banner Headline with Image , News/समाचार , ८ महिना अगाडि

काठमाडाै् – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो । लामिछानेले पार्टीकाे जारी बैठकबाट निर्णय लिने बताएका छन् ।