‘ज’ पछिको ‘झ’ बाट बच्ने उपाय

Dipak Pudasaini Business/अर्थ ब्यापार , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रविधि , २ वर्ष अगाडि

गोबिन्द कुँइकेल

हिजोआज जग्गा जमिनमा रेखांकन गराउने भन्ने शब्द साह्रै नै प्रचलित छ । जब जग्गा जमिनको सिमानामा समस्या आउँछ सरकारी अमिन लेराएर नाप्ने भन्ने प्रचलन रहेको पाईन्छ । फिल््ड रेखांकन भन्नाले साबिकको सिमानाको आधारमा जग्गाको सिमाना पहिचान गरि चारकिल्ला देखाईदिनु हो । अब यहीनेर समस्या छ साबिकको सिमानाहरु हाल यथाबत छन त ? अमिन भगबान त हैन, आलि बोल्दैन, पुराना मान्छे छैनन, जग्गावाला सिमाना चिन्दैनन अझ भन्नू पर्दा जग्गा किन्नेलाई मेरो जग्गा कुन थाहा नै छैन । के लाई आधार मान्ने खेत बारीका आलिहरु बर्षमा २ पटक झार झिक्नको लागि तासिन्छ । एक एक ईन्चका दरले तासे पनि बर्षको २ पटक तास्ता २ ईन्च तासिन्छ । यसरी २०२१ सालको नापी पछि ५८ बर्ष तासेको आली अहिले ११६ ईन्ची झण्डै १० फिट सरि सक्यो हामी त्यसैलाई आधार मानी नापी रहेका छौ । के त्यहि सिमाना सहि छ त ?
यो समस्याले नापीलाई झन जटिल समस्यामा पारेको छ ।
अहिले झन प्लटिङ गर्ने भन्दै सयौ रोपनी जग्गा डोजर लगाउदै स्थाई संरचना नष्ट गरि सम्याइएको अबस्था रहेको छ । प्लटरले चट्ट मिलाएर बनाईदिएको नक्सा हेरी नापीमा रहेको आधिकारीक नक्सा कित्ताकाट गर्दाको ट्रेस कपी नहेरी जग्गा किनेर पछुताउने पनि धेरै छन । वरिपरि १८ ईन्चको बाल लगायको छ । नक्सा नाप्यो कतै नक्सा अनुसार बढि छ कतै कम छ । रेखांकन पर्छ अमिनलाई समस्या नपुगेको ठांउमा थपिदिउ पल्लो कित्तामा घर बनिसकेको छ सबै सिमाना सर्छ झन झगडा बढ्ने नसारिदिउ समस्या नटुंगीने ।
अर्को तर्फ स्थानीय सरकारले बाटोहरु चौडा पार्ने नभएको ठाउँमा सडक बनाउने काम गरि रहेको छ । यो एउटा राम्रो काम पनि हो । तर सडक कताबाट गयो कसको जग्गा कति पर्यो न जग्गावालालाई जानकारी छ न बनाउने निकायलाई यसले पनि ठूलो समस्या श्रृजना भएको छ ।
२०२१ सालमा नापीएका सबै जग्गाको नक्सा फ्रिसिटमा छ । यसमा ओभरल्यापको समस्या अत्याधिक छ । एउटा नक्सामा भयको कूलो,खहरे, खोला,बाटो सानो छ त्यही संग जोडियको अर्को नक्सामा ठूलो छ । एकातिर बाट नाप्यो जग्गा, कूलो, खहरे, खोलो बाटो सबै पुग्छ अर्को तिर बाट नाप्यो कूलो, खोलो,बाटो जग्गामा पुग्छ । आखिर खोलो,बाटो,कूलो एउटै हो दुई तिर फरक फरक रहेको पाईन्छ । यसरी राज्यलाई कर तिरी रहेका जनताको जग्गा पुर्याईदिदा सरकारी सार्वजनिक जग्गा हराउने डर यथाबत छ ।
यति मात्र हैन हामी जग्गा किन्छौ अनि पूर्जा बोकेर बसिरहन्छौ । त्यो जग्गामा कसले बालि लगायो त्यो जग्गामा के भईरहेछ केही वास्ता गर्दैनौ । आफ्नो सम्पत्ती सुरक्षित राख्नु नागरिकको दायित्व हैन र ? यसरी हामीले जिन्सी सम्पत्तीलाई बेवास्ता गरि नगदलाई मात्र सम्पत्ती मान्दा धेरै जग्गा सम्बन्धी बिबादको श्रृजना भई अदालतमा पनि मुद्दाको चाप बढ्न गएको पाईन्छ ।
अर्को तर्फ भूमीलाई खण्डिकरण गर्दा जर्तीको ब्यबस्था नहुनु १ रोपनी जग्गा ४ भाग लगाउदा ४र४ आनाको पूर्जा पाईन्छ । टुक्रा पार्ने क्रममा कम्तीमा २ वटा लाईन त्यही कित्ता भित्र बस्छ त्यो लाईनको भाग कसले ब्यहोर्ने दुधमा जर्ति छ, सुनमा जर्ति छ, तेलमा जर्ति छ तर जग्गामा छैन । १० मिटरको कपडा १० टुक्रा बनायर काट्दा पून जोड्दा दशै मिटर होला र ?

जबसम्म स्थाई संरचनामा डोजर चलाउदा हामी सचेत हुदैनौ तब सम्झौ हामी आफैले झगडाको बीउ रोपीरहेका छौ । हो बाटो बनाउनु पर्छ दुबै जग्गाधनी बसेर मेरो जग्गा यति सडकले खायो भनेर जानेर डाडो भास्नु पर्छ जग्गा सम्याउनु पर्छ तर स्थाई संरचना चलाउनु हुन्न यसलाई सधै संरक्षण गर्नु पर्छ जसले गर्दा भोलि आउने अनगिन्ती समस्याबाट बच्न सकिन्छ । भाई भाई बिचको सम्बन्ध सुमधुर हुन्छ । अदालतमा जग्गा सम्बन्धि मुद्दामा कमि आउँछ ।
कागेश्वरी मनोहरा नगरपालीका – ४ डाँछी, काठमाण्डौ