श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि त्रिभुवन विमानस्थल सुरक्षित अवतरण

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , १ वर्ष अगाडि

काठमाडौँबाट भैरहवा लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

त्रिभुवन विमानस्थलबाट उडेको जहाज करिब २० मिनेटमा धादिङको थाक्रे आसपासकाे आकाशबाट काठमाडौँतर्फ फर्किएको थियो । 

 क्याप्टेन बीएस थापाले उडाएको  ९एन एएनआर जहाजको इन्जिनमा धुवा आएकाे जस्ताे देखिएपछि तत्काल काठमाडौँमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ ।विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सका अधिकारीले बताएका छन् ।