नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ भाेलि

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भाेलि पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ ।

प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । सोही अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ । उनी सोमबार निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन् ।राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ ।