नेपालले पिएनजलाई ९ विकेटले हरायो, नेपालको ऐतिहाँसिक र उत्कृष्ट प्रदर्शन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , प्रदेश , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पिएनजीलाई ९ विकेटले पराजित गरेको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा नेपालको ऐतिहाँसिक र उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीले दिएको ९६ रनको लक्ष्य ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा ८ चौका, तीन छक्का हान्दै ५३ रन जोडे।

यस्तै, कुशल भुर्तेलले ३३ रन बनाए । उनले १४ बलमा चार चौका र २ छक्काको मद्दतमा ३३ रन जोड । यस्तै, कुशल मल्लले १२ रन जोडे ।

पीएनजीका चाड सोपरले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो ।

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए । अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले दुइ दुइ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा आउँदो बिहीबार यूएईसँग खेल्नेछ ।

यो खेल जितेमा नेपाल सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।