निवर्तमान राष्ट्रपति भण्डारीलाई छाड्न नयाँ राष्ट्रपति पौडेल कारसम्म गए

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि


काठमाडौं – निवर्तमान राष्ट्रपति विद्या भण्डारी आज शीतलनिवासबाट आफ्नै निवास सरेकी छिन् । भण्डारीलाई छाड्न नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म गए तर यसपल्ट गृहका कर्मचारी गएनन् । 

सरकारले निवास पठाउने क्रममा प्राविधिक त्रुटि गर्न पुगेको छ । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । 

नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । मन्त्रालयबाट अरु कोही गएनन् ।यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास गएको थिए ।