भोलि पुनः विश्वासको मत लिँदै प्रधानमन्त्री, ११ दलले बिश्वासको मत दिने सँकेत

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाण्डौ, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा दोस्रो पटक विश्वासको मतको मत लिन प्रस्ताव पेश गर्ने भएका छन ।
गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्रीले पुन दोस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल, समाजवादी पार्टी, आम जनता पार्टी लगायतका ११ दलहरूले विश्वासको मत दिने सँकेत गरेका छन । प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ । ११ दलको समर्थन भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ ।