५० हजारको उपस्थितीमा टुँडिखेलमा नयाँबर्ष मनाउने तयारी

Dipak Pudasaini Education , Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , साहित्य/ पुस्तक , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, १६ चैत्र । नयाँ बर्ष २०८० आरम्भको अबसरमा काठमाण्डौको टुँडिखेलमा नयाँबर्ष महोत्सब हुने भएको छ । ओशो महोत्सब नाम दिइएको कार्यक्रम ओशो तपोबनको प्रस्तुतीमा ओम नेपाल मिडियाले आयोजना गरेको हो ।


ओशो महोत्सबमा ध्यान साधनाका अतिरिक्त सँगित महोत्सब समेत हुने ओम नेपाल मिडियाका अध्यक्ष एबँ ओशो तपोबनका प्रबक्त निराजन भण्डारीले जानकारी दिनुभएको छ । भण्डारीका अनुसार ओशो महोत्सब २०८० मा सँगित, अध्यन, स्वाद तथा हाँस्य महोत्सब समेत हुनेछ । किनकी महोत्सबमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, लाफिङ मेडिटेसन, प्रतक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिबल, गजल बाचन र प्रहसन लगायतका कार्यक्रम हुनेछ ।


सबै सहभागीलाई प्रबेश निःशुल्क गरिएको महोत्सब बिहान ९ बजे देखी बेलुका ९ बजेसम्म १२ घण्टा चल्ने छ । देशका बिशिष्ठ ब्यक्तिहरुको उपस्थितीमा हुने कार्यक्रममा ओशो तपोबनका सँचालक स्वामी आनन्द अरुणबाट बिशेष सत्सँग र अर्शिबचन प्रदान हुने छ भने अन्तराट्रिय ख्याती प्राप्त सेफ सन्तोष शाहले खानाका नयाँ स्वाद तथा कुटुम्ब ब्याण्डले गानाका नयाँ स्वाद पस्कने छन ।
ग्लोबल टुरिजम प्रमोसन काउन्सिल महोत्सब पार्टनर तथा चलचित्र पत्रकार सँघले मिडिया सँयोजन गर्ने ओशो महोत्सब २०८० मा योग र सत्सँगलाई जिबन सँग जोडेर कसरी सुखी रहन सकन्छ भन्ने समेत सिकाइने भण्डारीले बताउनु भएको छ ।
ओम नेपाल मिडियाले गत बैशाख १ मा आयोजना गरेको पहिलो ओशो महोत्सबमा १५ हजार भन्दा बढीले आफ्नो प्रतक्ष सहभागिता जनाएका थिए ।