‘अँङ्गदान गर्नेहरु भगवानको अर्को रुप हुन’ नगर प्रमुख कार्की

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , प्रविधि , स्वास्थ्य , १ वर्ष अगाडि

काठमण्डौ,२१ चैत्र । अँङ्गदान गर्नेहरु भगवानको अर्कोरुप भएको कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा भएको मरणेपरान्त अँङ्गदान घोषणा कार्यक्रममा नगर प्रमुख कार्कीले उक्तकुरा बताउनु भएको हो ।

डढेर खरानी हुने वा गाढेर कुहिने शरिरका केहि अँङ्गदान गर्न सके मृत्यू पर्यन्त आफुपनि जिबित रहने र एक मृत शरिरले ८ जना सम्मको ज्यान बचाएर पुण्ड्य कमाउन सकिने कार्कीले बताउनु भयो ।


कागेश्वरी मनोहरा नगर पालिकाको ब्यबस्थापनमा काठमाण्डौको थलीमा भएको अँङ्गदान कार्यक्रममा प्रबिधिक सहयोग गरेका शहिद धर्मभक्त राट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले केन्द्रले स्थापना कालदेखी हालसम्म १ हजार ४१ ज्नाको मृगौला प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सँग जोडिएर पहिलोपल्ट अँङ्गदान घोषणा कार्यक्रममा सहभागी भएको बताउँदै डा. श्रेष्ठले ९९ प्रतिशत मृगौला प्रत्यारोपण सफल भएको र सफलता पुर्बक कलोजो प्रत्यारोपण पनि भइरहेको जानकारी दिनुभयो ।


मृत्यू भएका मध्धे ७२ प्रतिशत मानिसको मृत्यू नसर्ने रोगहरु जस्तै ः मधुमेह, रक्तचाप, मस्तिस्कघात, दुर्घटना तथा चोटपटक, क्यान्सर लगायतबाट भइरहेको बताउँदै डा. श्रेष्ठले यस्ता रोगिको उपचारमा अँङ्गप्रत्यारोपण गर्नुपर्ने र त्यसको लागी अँङ्गदान निर्बिकल्प उपाए भएकको जानकारी दिनु भयो ।


स्वस्थ जिवन रक्तदान, मरणेपरान्त अँङ्गदान भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलको सभापतीत्वमा सँम्पन्न कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा सभापती पौडेल लगायत ४२ जनाले मरणोपरान्त अँङ्गदानको घोषणा गर्नुभयो भने २३ जनाले मरणोपरान्त आँखादानको घोषण गर्नु भएको थियो ।


जर्मनीमा श्रीमानको आकस्मिक निधनपछी अँङ्गदान गरेकी दुर्गा ढकालले आफ्ना अनुभव सुनाएको कार्यक्रममा पिपुल्स लाइफ केयर अस्पताल साँखुले निःशुल्क मधुमेह तथा प्रेशर जाँच गरेको थियो ।