एक बर्षमा ४ सय ८२ को मृत्यू, १ हजार ४१ घाइते, ३७ जना बेपत्ता, करिब ३ अर्बको क्षती

Dipak Pudasaini Banner Headline with Image , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रदेश , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, १ बैशाख । २०७९ साल भर भएका राष्ट्रिय बिपदका ४ हजार ५ सय ३४ घटनामा ४ सय ८२ जनाले ज्यान गुमाएका छन । सोहि घटनामा १ हजार ४१ जना घाइते भएका छन भने ३७ जना बेपत्ता भएका छन ।
राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्रधिकरणका अनुसार २०७९ साल भित्र सबैभन्दा धेरै आगलागीका घटना भएका छन । ३ हजार १० आगलागीका घटनामा १ सय ९ जनाले ज्यान गुमाएका छन भने ३ सय ९४ जना घाइते भएका छन । ३ सय २८ पहिरोका घटनामा ९५ जनाले ज्यान गुमाएका छन भने ८८ जना घाइते तथा १७ जना बेपत्ता भएका छन ।
प्राधिकरणका अनुसार जनावर आक्रमणका २ सय ९३ घटना हुँदा ४३ जनाले ज्यान गुमाउनुका साथै १ सय ९९ जना घाइते भएका छन । २ सय ९० चट्याङका घटना हुँदा ८४ जनाले ज्यान गुमाए भने २ सय ३८ जना घाइते भएका छन ।
त्यसैगरी १ सय ८४ बन डँढेलोको घटनामा १ को मृत्यू र ३ घाइते, १ सय ६६ भारी बर्षाको घटनामा ८ को मृत्यू १८ घाइते, १ सय ७ हुरी बतासका घटनामा १० को मृत्यू ३४ घाइते, ५९ बाढीका घटनामा १९ मृत्यू, १७ घाइते, तथा १५ जना बेपत्ता भएका छन भने भुकम्पका ४५ घटनामा ७ जनाको मृत्यू र १३ जना घाइते भएका छन । सर्पदँशका २४ घटनामा १९ को मृत्यू र ६ जना घाइते तथा लेक लागेका ( उच्च उचाई ) १५ घटनामा ९ को मृत्यू र १० घाइते भएका छन ।
गैर प्राकृतीक बिपद्का ४ घटनामा ७१ जनाको मृत्यू, ७ घाइते तथा १ जना बेपत्ता भएका छन भने डुँगा पल्टिएका ४ घटनामा ४ को मृत्यू २ घाइते र १ जना बेपत्ता भएका छन । त्यसैगरी हिम पहिरोका ३ घटनामा २ को मृत्यू, ११ घाइते तथा २ जना बेपत्ता भएका छन । हिमपातका २ घटनामा १ जनाको मृत्यू भएको पनि प्रधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २०७९ साल भरिमा भएका ४ हजार ५ सय ३४ बिपद्का घटनाबाट करिब ३ अर्बको अनुमानित क्षती भएको छ । त्यसैगरी ७ हजार ४ सय ८५ परिवार प्रतक्ष प्रभाबित भएका छन ।