गोकर्णेश्वर नगरपालिकाले वैशाख २३ मा राष्ट्रव्यापी ‘गजल महोत्सव’ गर्दै

मेयर रिसाल भन्छन् - 'नगरपालिकालाई साहित्यिक हवको रुपमा विकास गछौं'

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , साहित्य , साहित्य/ पुस्तक , १२ महिना अगाडि

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले यस नगरपालिकालाई ‘साहित्यिक हव’को रुपमा विकास गर्ने बताएका छन् ।

यही वैशाख २३ गते आयोजना गरिने राष्ट्रव्यापी गजल प्रतियोजिताबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा मेयर रिसालले सो कुरा बताएका हुन् । साहित्यिक क्षेत्रको विकासका लागि सुरुदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

गोकर्णेश्वर नगरपालिकाका साहित्यिक क्षेत्रमा सबै भन्दा अघि रहेको चर्चा गर्दै मेयर रिसालले यो क्षेत्र साहित्यिक उर्रवर भूमि रहेको समेत उल्लेख गरे। रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता मुर्धन्य साहित्यकारहरु पनि यहि क्षेत्रबाट उदाएका चम्किला ताराहरु हुन् ।

साहित्य विधामा कविता, गजल, हास्यव्यङग्य, नाटक लगायत सबै पर्ने हुँदा सबै विद्यालाई समेटेर अघि बढ्ने मेयर रिसालको भनाई थियो । संगीत र कलाको समेत एकसाथ प्रयोग हुने सशक्त विधा गजलको महत्व बढाउने र तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उदेश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा देश विदेशबाट समेत गजलहरु आउने क्रम जारी रहेको आयोजक समितिका संयोजक गोविन्द घिमिरे ‘वेदमणि’ले जानकारी गराए ।

शुक्रबार साँझसम्म नेपाल,भारत, बेलायत, अमेरिका, अष्टेलिया तथा खाडीका बिभिन्न देशमा रहेका नेपालीहरुबाट ४५६वटा जगल प्राप्त भएको र प्राप्त गजलहरुमध्येबाट प्रारम्भिक मूल्यांकन समितिले उत्कृष्ट १०० वटा चयन गर्ने घिमिरेले बताए । पहिलो चरणमा चयन गरिएका १०० वटा गजलहरुलाई अन्तिम मूल्याङकन गरी ४० वटा छानिनेछन् ।

गोकर्णेश्वर न. पा वडा नं ९ स्थित आरुबारी ब्याङक्वेटमा वैशाख २३ गते विहान १० बजेदेखि गजल वाचन कार्यक्रम सुरु हुनेछ । वाचन सकिएपछि निर्णायकबाट नतिजा घोषणा गरी पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रथम हुनेलाई कर बाहेक ६० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैया र पाँच जनालाई शान्त्वना पुरस्कार स्वरुप २० हजारको दरले प्रदान गरिने आयोजकले जनाइएको छ ।

गोकर्णेश्वर नगरपालिकाले यसअघि २०७६ मा पनि राष्ट्रव्यापी कविता प्रतियोगिता तथा २०७८ मा बृहत राष्टिय हाँस्यब्यँग्य कवि सम्मेलन आयोजना गरेको थियो ।