यसबर्ष कम बर्षा र बढी गर्मी हुने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रविधि , १२ महिना अगाडि

काठमाण्डौ, २१ बैशाख । यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज राष्ट्रिय मनसुन फोरम (२०८०) कार्यक्रम गरी उक्त जानकारी गराएको हो । यस्तै अधिकतम तापक्रम सरदरभन्दा बढी रहने र न्यूनतम तापक्रम पनि केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने पूर्वानुमान गरिएको छ । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमान सम्बन्धी सूचना सबैले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताएका थिए । यसका लागि सबै निकायहरु जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढीले तराई भन्दा पहाडमा बढी क्षति गर्न थालेको जानकारी दिदै प्रभावमा आधारित पूर्वसूचना प्रणाली स्थापनामा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, जल तथा उर्जा आयोगको सचिवालयका सचिव सुशीलचन्द्र तिवारी, उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल लगायतले विपदबाट जनधनको क्षती कम गर्न सबै निकायहरुबीच सहकार्य र समन्वय हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।