८ सय ५६ जनाको आँखा जाँच, २९ जनाको निःशुल्क शल्यक्रिया गरिने

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रविधि , स्वास्थ्य , ३ वर्ष अगाडि

काठमाण्डौ २२ बैशाख । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ६ स्थित बाल गितान्जली स्कुलमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


कागेश्वरी मनोहरा नगरपालिका, नेसनल ओपन स्काउट क्रु, बाल गीताञ्जली स्कुल र नेपाल रेडक्रस सोसाइटी कागेश्वोरी मनोहरा उपशाखाको संयुक्त आयोजनामा भएको आँखा शिबिरमा ८ सय ५६ जनाको आँखाको परिक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका अध्यक्ष बासुदेब पौडेलले जानकारी दिनुभएको छ ।


तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सँम्पन्न भएको आँखा शिबिरबाट छानिएका २९ जना मोतिबिन्दुका बिरामीको आगामी आइतबार तिलगँगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने नेशनल ओपन स्काउट क्रुका संयोजक बिदुर कार्कीले बताउनु भयो भयो ।

शिबिरमा आँखा जाँच गरी आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत बितरण गरिएको थियो ।