भारत सरकारका बिदेश राज्यमन्त्री लेखीले नेपालका प्रधानमन्त्री दाहाललाई दिल्लीमा स्वागत गरिन

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ११ महिना अगाडि

काठमाण्डौ, १७ जेठ । चारदिने भारत भ्रमणका लागि आज अपरान्ह नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन ।
प्रधानमन्त्रीलाई स्वागत गर्न लेखी सहित भारतिय विदेश मन्त्रालयका अधिकारीहरू तथा दिल्ली स्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।


गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । ८८ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै उनी बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारतको नयाँ दिल्ली पुगेका हुन ।