राष्ट्रहित विपरीतकाे अभिव्यक्तिप्रति एमालेले प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ११ महिना अगाडि

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्नेक्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने अभिव्यक्ति दिनुभएको थियो ।
शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहित विपरीत अभिव्यक्ति दिनुभएको बताउनुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुगेको उहाँले बताउनुभयो ।  प्रमुख सचेतक गिरीले नागरिकता विधेयक प्रमाणिकरण गर्नु असंवैधानिक कदम भएको उहाँले बताउनुभयो । सो बारेमा समेत संसद बैठकमा एमालेले आवाज उठाउने उहाँले बताउनुभयो ।