राष्ट्रपतिको कदमविरुद्ध एमालेसहितका प्रतिपक्षी दल एक ठाउँमा

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १० महिना अगाडि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् ।

संसदको बैठक रोक्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक ठाउँमा उभिएका हुन् ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरु जर्‍याकजुरुक उठेर विराेध जनाउँन थालेका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए ।

गिरी बोलिसक्ना साथ एमाले सांसदहरु फेरि उठे, विपक्षी बेञ्चमा रहेका अरु सांसदहरु पनि उठे । सभामुख घिमिरेले यसबारे सरकारको ध्यानाकर्षण भएको हुनुपर्छ भन्दै बैठकलाई नियमित कारबाही फर्किन सहयोग गर्न आग्रह गरे ।

आफ्नो भनाइ सकेर उनी बस्दा नबस्दै राप्रपाका सांसदहरु हात उठाउँदै उठे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बाेल्न समय पाए ।

उनले पनि नागरिकता ऐनमा चाँडो संशोधन हुनुपर्नेमा विमति नभएपनि जुन प्रक्रिया र समयमा नागरिकता विधेयक प्रमाणीकरण भयो, त्यसको आफूहरुले विरोध गर्ने बताए ।