काठमाण्डौ, १५ साउन । दुग्ध उत्पादक किसाले बेहोरेको अर्बौ क्षतिका बाबजुद आज साउन १५ गते खिर खाने परम्परा धानिदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने परम्परा चलेको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।
हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको विश्वास छ ।
चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खिर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
हुनत देशैभर फैलिएको लम्पि स्किन रोगका कारण करिब ५० हजार गाईगोरु मरिसके, १० लाख भन्दा बढी सँक्रमित छन र किसानले अर्बौ क्षति बेहोरेर निराश छन । भएका गाई मरेपछी निराश किसानले खुसी मनले साउन १५मा खुसी मनले खिरखान सकेका छैनन । आहत भएका किसानलाई समयमा राहद दिन सरकार भने कतिपनि इच्छुक देखीएको छैन ।