एसइई खारेजीको प्रस्ताव संसदमा जाँदै

Dipak Pudasaini Banner Headline with Image , Education , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रविधि , साहित्य/ पुस्तक , १२ महिना अगाडि

काठमाण्डौ, १८ साउन । सरकारले बिधालयको फलमे ढोका मानिएको एसइई परिक्षा खारेजीको प्रस्ताब सहितको बिधालय शिक्षा बिधयेक मन्त्रिपरिषद बाट पारित गरी सँसदमा पठाउन लागेको छ । गत मँगलबाट मन्त्री परिषद बाट पारित बिधयेक सँसदबाट जस्ताको तस्तै पारित भएमा एसइई परिक्षा खारेज हुनेछ ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालग श्रोतका अनुसार प्रस्तबित बिधयेकमा बिधालयको आधारभुत तह कक्षा १ देखी ८ सम्म तथा माध्यामिक तह काक्षा ९ देखी १२ सम्म हुने प्रस्ताब गरिएको छ । प्रस्तबित बिधयेक अनुसार आधारभुत तहको अन्तिम परिक्षा सन्चालन अधिकार स्थानिय तहलाई तथा माध्यामिक तहको अन्तिम परिक्षा सन्चालनको अधिकार राष्ट्रिय परिक्षा बोर्डमा नै रहने छ ।
कक्षा १० को अन्तिम परक्षा बिधालयले नै लिने र एसइई खारेज गर्ने प्रस्ताब समेत बिधयेकमा रहेको जानकारी प्राप्त भएको छ । बिसँ १९९० देखी नेपालमा एसएलसीको परिक्षा लिन शुरु भएको थियो भने २०७३ मा एसएलसीको नाम परबर्तन गरी एसइई बनाइएको थियो ।