एनआरएनमा चुनाबी हावा चल्न थाल्यो

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रवास , बिचार , १२ महिना अगाडि

उपाध्यक्षमा रेग्मीले आकाँक्षा देखाए

काठमाण्डौ । गैर आवासिय नेपाली सँघ (एनआरएन)को ११ औ महाधिबेशन नजिकिदै छ । गुट, फुट, झुट र राजनैतिक हस्तक्षेपले बिर्षन लायक बनेको १० औ अबिधेशन र नेतृत्व चयन प्रक्रियाले एनआरएनको शाख रसातालमा पुर्याएको सर्बबिधितै छ ।
यसैबिच एनआरएनको ११ औ अबिधेशनको हावा मलेसियाबाट चल्न शुरु भएको छ । एनआरएनए मलेसियाको अबिधेसन पछी केहि सँचारकर्मी साक्षी राखेर एनआरएनका युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्ष पदमा दाबी गर्ने उद्ध्घोष गरेका छन ।
कतार कर्मथलो भएका ब्यबसायी राज रेग्मी गैर आवासिय नेपालीहरु बिच नौलो नाम भने होइन । झण्डै डेड दशक देखी एनआरएन अभियानमा निरन्तर लागी रहेका रेग्मी एनआरएनले बनाएका बिभिन्न टाक्सफोर्सको सँयोजक भई आफ्नो जिम्मेवारी कुसलता पुर्बक सँम्पन्न गरिसकेका अभियनता समेत हुन । आइसिसी मध्यपुर्ब सँयोजक देखी हाल युवा उपाध्क्षको जिम्मेवारी सँहाली रहँदा पनि उनको काममा खोट लगाउने ठाउँ भेटिएको छैन । अझ आफ्नै सँयोजकत्वमा ग्लोबल सिँगिङ आइडल आयोजना गरेर त उनले बिश्वभरका युवामाझ तहल्का नै मच्चाएका थिए ।
सिमित सँचरकर्मी सँग कुरा गर्दै रेग्मीले आफु उपाध्यक्षमा आएमा नेपाली डायस्पोरा र युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्ने, एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धिमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने बताउछन ।
उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागी उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटेर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने, बिदेशमा विभिन्न पेशा तथा क्षेत्रमा रहेका नेपालीहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउदै युवा र प्रवास केन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताए ।
उनले सुरक्षित बैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको पनि बताएका छन । रेग्मीले स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने पनि बताएका थिए । युवा उपाध्यक्षका उम्मेदवार रेग्मीले वैदेशिक रोजगार तथा अध्यनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरुको समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए ।
अनौपचारीक घोषण गरेपनि रेग्मीले अफ्ना योजना तथा कार्यक्रम समेटेर छिट्टै उम्मेद्धवारीको औपचारीक घोषणा गर्ने बताएका छन ।