शमशेरगन्जमा बस दुर्घटना, ७ को मृत्यू २९ घाइते

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ,२३ भाद्र । महेन्द्र राजमार्ग अन्तरगत राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्ज बाँकेमा गएराती बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छभने २९ जना घाइते भएका छन । बर्दिया ठाकुरबाबा नगरपालिका – ९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा एकै वडाका ५ जना तथा चालक र सहचालकको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर – ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका – ८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।