मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटलाई

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ८ महिना अगाडि

काठमाण्डौ, २४ भाद्र । मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले जित्नु भएको छ । हिजो साँझगोदावरीको कन्फेन्स सेन्टरमा आयोजित समारोहमा सम्पन्न मिस युनिभर्स २०२३ को फिनालेमा जैनले उपाधी जित्नु भएको हो ।


उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को फिनालेमा २२ जना प्रतिस्पर्धी सहभागी भएका थिए । फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको प्रतियोगितामा बिजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराउनु भएको हो ।

प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा रसौरभ ज्योति रहनुभएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने छिन ।