सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ११ महिना अगाडि

काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय निर्णय गरेको हो।

विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभयो । विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो। 

त्यसैगरी, सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ। 

यस्तै, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि भएको छ । 

यसैगरी, बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने गरेको छ । 
सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत गरेको छ।