प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १० महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको छ ।

उहाँहरुबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका जानुभएकाे थियाे ।