आज कागेअष्टमी, कागेश्वरी धाममा भक्तजनको ओइरो, ५ लाख भन्दा बढीले दर्शन गर्ने अनुमान

Dipak Pudasaini Banner Headline with Image , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , १२ महिना अगाडि

काठमाण्डौ ६, असोज । आग भद्रशुल्क अष्टमी अर्थात कागेअष्टमी । हरेक बर्ष आजकै दिन लाग्ने कागेश्वरी मेला काठमाण्डौको पूर्बउत्तरमा रहेको कागेश्वरी धाममा भक्तजनको ओइरो लाग्न थालेको छ । धार्मिक आस्थाको धरोहर कागेश्वरीधामा पछिल्ला दिनहरुमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । हरेकबर्ष भाद्र शुल्क अष्टमीका अर्थात कागे अष्टमीका दिन बिशेष मेला लाग्ने कागेश्वरीधामबाट काठमाण्डौ उपत्यकाका तिनवटै जिल्लाको दृष्याबलोकन समेत गर्न सकिन्छ । जनै पुर्णिकाका अबसरमा गोसाइकुण्ड पुग्नेहरुको तिर्थयात्रा समेत कागेश्वरी महादेबलाई गोसाइकुण्डको जल अर्पण गरेपछी मात्रै पुराहुने धार्मिक मान्यता रहि आएकोले पनि आज यहाँ बिशेष भिड लाग्दछ ।

६४ शिबलिङ्ग ¨ मध्धेको एक कागेश्वरी महादेबलाई यहाँ आई स्नान गरी जल चढाएर पुजाआजा गर्दा सम्पुर्ण पाप नास भई यस लोकमा सुख शान्ति तथा मरणोपरान्त शिबलोक मिल्ने जन बिश्वासका कारण पनि यहाँ असँख्य दर्शनार्थीको भिडलाग्ने गर्दछ ।


कागेश्वरी महादेब उत्पतिका सँम्बन्धमा ठोस प्रमाण नभेटिएपनि जनश्रुतीका आधारमा यसको उत्पतिका आँकलन गर्न सकिन्छ । जस अनुसार परापुर्बकालमा एक ग्वालाको गाईले दुध दिन कम गर्दे गएपछी ग्वालाले गाइको चियो गर्दा एउटा सेतो कागले दिनहुँ गाइको थुनबाट दुध निकाल्दै यहि गुफामा चढाउदै गरेको देखेर के रहेछ भनि खनि हेर्दा शिबलिङ्ग भेटेपछी कागले पुजा अर्चना गरेकाले कागेश्वर महादेबको रुपमा पुजा अर्चना शुरुगरेको सुन्न पाइन्छ ।

यसैगरी अर्को कथा अनुसार सत्ययुगमा बनबिहार गर्न निस्केका महादेब र पार्बती बन बिहार गर्दागर्दै पार्बतीलाई छल्ने मनसायले महादेब यहि गुफमाआई तपस्या गर्नलाग्नु भयो , पार्बतीले महादेब बसेको स्थान पत्ता लगाई कागको रुपधारण गरि चुच्चामा जलल्याई चढाएपछी महादेब खुसी भई पुन दुबैजना बनबिहार गर्नथालेको स्थानियहरु बताउँछन ।


श्री स्वस्थानी कथाका अनुसार पार्बतीले दक्षको यज्ञकुण्डमा फालहाली प्राणत्याग गरेकी सतिदेबीको शरिर काँधमाबोकी भौतारिएका महादेब यस स्थानमा आईपुग्दा मुटु पतन भयो । यस स्थानमा सेनपिठ उमादेबी अष्टबक्रा योगीनी कागेश्वर महादेब उत्पति भए शिबशक्ति स्वरुपले रहे । उक्त स्थानमा नबग्रह आएर तपस्या गरे, महादेबले प्रसन्न भइ बर माग भन्नुभयो । नबग्रहले हामी मानब जिबनमा आउने हरेक घटनाका उत्तरदायी बन्न सकौ र तिनका जिबनमा लाभहानी हाम्रै कारणले होस भनि मागे, महादेब तथास्तु भनि अन्तध्र्यान हुनु भयो । सो बरदान प्राप्त गरेकोले यहाँ महादेबको दर्शनगर्नाले नबग्रह शान्त भई शुभ फल मिल्ने अर्को मान्यता पनि छ ।

कागेश्वरीधाम बाट देखिएको काठमाण्डौ उपत्यकाको सुन्दर दृष्य


अर्को धार्मिक मान्यता अनुसार कागले मानिसलाई छुन अशुभ मानिन्छ तथा कागको बिष्टा शरिरमा परेपनि अनिष्ठ हुन्छ, कागदोस लाग्छ भन्ने मान्यता छ । यस्तो दोस मेटाउन पनि मानिसहरु यहाँ आई जल चढाएर पुजाआजा गर्ने परम्परा छ ।
यहि कागेश्वरीधाम र यहाँबाट शुरुहुने महादेबखोला (केहितल पुगेपछी मनोहरा नामाकरण भएको) को नामबाट कागेश्वरी मनोहरा नगरपलिकाको नामाकरण गरिएको छ । काठमाण्डौबाट १८ किमी दुरीमा रहेको यस स्थानमा मेलालाग्ने दिन कागेअस्टमीमा हरेक बर्ष नगरपालिकाले सार्बजनिक बिदा समेत दिने गरेको छ ।
साबिक गागलफेदी गाबिस हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ मा पर्ने कागेश्वरीमा स्वर्ण स्तम्भमा स्वर्णकलरकै कागको मुर्ति राखिएको छ भने कागेश्वरी मन्दिर भन्दा केहि माथि )तत्कालिन चिहान डाँडा)शहिदपार्कमा बिश्वकै ठुलो कागको मुर्ति राखिएको छ । स्थानिय जन प्रतिनिधी तथा प्रदेश साँसद रामेश्वर फुँयालको पहलमा स्थानिय सँगै कवाड सँकलन गरि दुइहजार किलोको कागको मुर्ति स्थापना गरिएको हो ।

नगरपालिकाकै प्रमुख धार्मिक स्थलको रुपमा रहेको यो क्षेत्र खानेपानीको श्रोत, बन्यजन्तुको आश्रयस्थल मात्रै नभइ बन पैदावार तथा दृष्याबलोकनका लागी समेत बिख्यात बन्दै गएको छ । यहाँबाट सुन्दरीजल कारागार, मेलम्चि खानेपानीको रिजर्ब टयाङकी तथा चागुनारायण मन्दिर देखी धरहरा तथा स्वयम्भु र नगरकोट देखी चन्द्रगिरी सम्मको दृष्याबलोकन गर्न सकिन्छ । साथै कागेश्वरीधामबाट नजिकै मणिचुड तथा सुन्दरीजलदेबीको मन्दिर समेत पर्दछ ।

कसरी जाने कागेश्वरी मन्दिर
कागेश्वरी मन्दिर पुग्नका लागी निजि सवारी साधनबाट चाबहिल, जोरपाटी, ब्रम्हखेल गागलफेदी हुँदै मन्दिर नजिकै सम्म गाडीमा जान सकिन्छ भने सोहिरुटमा गागलफेदी सम्म सार्बजनिक यातायात सन्चालनमा छ । त्यसैगरी काठमाण्डौ आरएनएसी अगाडीबाट जोरपाटी, डाँछी, भद्रवास हुदै आलापोट सम्म बसमा गएपछी त्यहाँबाट पैदल जान सकिन्छ । जुन बाटोमा हाल मन्दिर सम्म पुग्नकालागी बिश्राम स्थल सहित १९ सय ९९ सिढी निर्माण भइरहेको छ र हाल सम्म ७५ प्रतिशत काम सम्पन्न भएको कागेश्वरी मनोहरा नगरपालिका बाडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेलले बताउनु भएको छ ।
यहाँबाट शिबपुरी नागर्जुन आरक्षण क्षेत्र अबलोकन गर्दै मणिचुड,तथा बज्रयोगिनीको दर्शनगरी नुवाकोटको काउले, चिसापानी, तथा धाप ड्याम्प सम्म पुग्न सकिन्छ भने पश्चिम तर्फ सुन्दरीजल बागद्ववार तथा सुन्दरीजल बुढानिलकष्ठ पदयात्रा समेत गर्न सकिन्छ ।कागेश्वरी धाममा गतबर्ष अनुमानित ४ लाख भक्तजनले दर्शन गरेका थिए । यस पटक शनिबार समेत परेको कारण ५ लाख भन्दा बढीले दर्शन गर्ने कागेश्वरी धाम ब्यबस्थापन समितीले जानकारी दिएको छ ।