एनआरएनए कब्जा गर्दै कतार, अध्यक्ष सहित पाँच जना पदाधिकारीमा भिड्दै

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , बिचार , १० महिना अगाडि

काठमाण्डौ, १४ असोज । गैर आवासिय नेपाली सँघ ( एनआरएनए) को आगामी असोज ३० देखी कार्तिक २ गते सम्म काठमाण्डौमा हुन लागेको अधिबेसको रन्कोले कतारको गर्मी ह्वात्तै बढाएको छ । न्यूजबैक नेपाल डटकमलाई प्राप्त जानकारी अनुसार कतारबाट हाल सम्म अध्यक्ष सहित ५ जना पदाधिकारीमा भिड्दै छन । अध्यक्षको प्रबल दाबेदारका रुपमा हेरिएका बर्तमान उपाध्यक्ष राजेन्द्र कुमार शर्माले कतारबाटै २४ बुँदे प्रतिबद्धता सहित अध्यक्षमा आफ्नो दाबी पस्कि सकेका छन ।


त्यसैगरी बर्तमान यूवा उपाध्यक्ष राजु रेग्मी (राज) ले उपाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन । कतारमा सफल ब्यबसायीमा आफुलाई उभ्याएका रेग्मीको कुसल नेतृत्व र बेदाग छबीका कारण उनको बिजय सुनिस्चित देखिएको छ ।


बर्तमान सचिब प्रबिण गुरुड.ले उप महासचिबमा भिड्ने घोषणा गरेका छन भने युवा सँयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन ।

युवा लक्षीत १ करोड अक्षयकोष स्थापनाको घोषणा गरेका बासिदले कतारलाई कर्मथले बनाए पनि आफ्नो गाउँको नामबाट बेलायतमा कम्पनी खडा गरी नेपाल लगायत बिश्वभर आफ्नो ब्यापारीक सन्जाल फैलाइ रहेका छन ।


कतारबाटै हाल मध्यपूर्ब सह सँयोजकको जिम्मेवारी निर्बाह गरिरहेका केबी हमालले अबको आफ्नो दाबी मध्यपूर्ब सँयोजकमा रहेको बताउँदै उक्त पदमा उम्मेद्धवारी दिने घोषण गरेका छन ।
गैर आवासिय नेपाली सँघको ११ औ बिश्व सम्मेलन शुरुहुन २ हप्ता मात्रै समय बाँकी रहेको अबस्थामा उम्मेद्धवारी दिने र फिर्ता लिने समय सम्म को कति पानीमा रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।