आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा नेपालकाे सुखद सुरुवात

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ९ महिना अगाडि

काठमाडाैं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएकाे प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएर शानदार जित निकालेको हाे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएकाे थियाे ।

नेपालको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रनको योगदान गरे। उनी ४८ बलमा ७४ रन बनाउँदै क्याच आउट भएका थिए।

खेलमा कप्तान रोहित पौडेल र कुशल मल्ल नट आउट भए। पौडेलले २४ बलमा ३५ रन र मल्लले १ बलमा एक छक्का हानेर अविजित रहे।यसैगरी आसिफ शेखले २६ बलमा २७ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। निर्धारित २० ओभरमा सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा सर्वाधिक ४६ रन बनाएका थिए।