मुलपानीमा ३ सय ९ जनाको निःशुल्क आँखा जाँच सँम्पन्न, ३३ जनाको मोतिबिन्दुको शल्यक्रिया हुने

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , ९ महिना अगाडि


काठमाण्डौ, २० कार्तिक । काठमाण्डौको मुलपानीमा आज ३ सय ९ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

आँखा जाँचबाट मोतिबिन्दु पहिचान भएका ३३ जनाको भोलि तिलगँगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया हुने कार्यक्रम सँयोजक एबँ नेपाल स्काउटका सहायक राष्टिय प्रशिक्षक बिदुर गिरीले जानकारी दिनु भएको छ ।


तिलगँगा आँखा प्रतिष्ठान काठमाण्डौ, महाकवि देबकोटा स्काउट ट्रम्प मुलपानी, नेशनल ओपन स्काउट क्रु मुलपानी तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले सँयुक्त रुपमा महाकवि देबकोटा मेमोरीयल माबि मुलपानीमा आयोजना गरेको कागेश्वरी मनोहरा निःशुल्क आँखा शिबिर, बृहत रक्तदान, तथा अँगदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार २ जनाले आँखा दान तथा ४ जनाले अँगदानको घोषणा गरेका थिए ।


आँखा शिविर, रक्तदान, आँखादान तथा अँगदान कार्यक्रमलाई आयोजक तथा महादानीहरुलाई प्रोत्साहन दिन कागेश्वरी मनोहर नगरपालिकाका उप प्रमुख शान्ता थापा, ६ नँ वडाका अध्यक्ष प्रकाश फुँयाल, न्यायिक समितीका सदस्य अष्टलाल श्रेष्ट लगायतको उपस्थिती रहेको थियो ।

उक्त अबसरमा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखाले जिल्ला सदस्य लक्ष्मी कुँइकेलको सँलग्नतामा डेँगीसचेतना कार्यक्रम समेत आयोजना गरेको थियो ।