अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ छठीमाताको पूजाअर्चना गरियाे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , ६ महिना अगाडि

काठमाडौँ ३ मँसिर । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी हर्सौउल्लासपूर्वक मनाइँदैछ । काठमाण्डौ लगायत तराई–मधेसका सबै जिल्लाका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घदिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिपूर्वक समापन हुन्छ ।

छठपर्बका बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घदिन्छन् । छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।
छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको बिशेष व्यवस्था गरिएको छ । केहि समय पहिले सम्म विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको हो । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।
यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने जनविश्वास छ ।
काठमाण्डौ उपत्यकामा आजको दिनलाई सिठी नःखको नामले पनि मनाइन्छ । आज बिहानै उठेर नबोलि खेतमा मल हाल्नाले खेती राम्रो हुने जनबिश्वास पनि रहि आएको छ ।