जलबयू परिबर्तनले श्रमबजारमा असर, सरकार मौन

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ८ महिना अगाडि

काठमाण्डौ, ११ मँसिर । जलबायू परिबर्तनले पर्याबरणमा मात्रै हैन श्रम बजारमा समेत ठुलो असर गरेको छ । पर्याबरणिय परिबर्तनको सिधा कम्पन सुर्य, पृथ्बी, महासागर, हावा, बर्षा, हिमाल, जँगलमा परे सँगै त्यसको पराकम्पनले श्रम र श्रमिकलाई पनि असर परिरहेको नेपाल ट्रेड यूनियन महासँघका अध्यक्ष बिनोद श्रेष्टले बताउनू भएको छ ।
श्रेष्टका अनुसार पर्याबरणिय परिबर्तनका कारण बिशेषगरी पर्यटन, निर्माण,यातायात,बन जँगल तथा कृषिमा काम गर्ने ठुलो सँख्यामा श्रमिकहरुले रोजगारी ग्माएका छन भने अधिकाँसको सेवा सुबिधा कटौती गरिएको छ ।
जलबायू परिबर्तनका कारण श्रमिकहरुमा ब्यबसायजन्य रोगहरु देखा पर्न थालेका छन । हिम पहिरो लगायतका दुर्घटनाबाट श्रमिकले ज्यान समेत गुमाइ रहेका छन । साथै त्यसरी ज्यान गुमाउने श्रमिक आश्रीत परिवारको जिबिकोपार्जनको आधार बन्न सक्ने सामाजिक सुरक्षाको समेत ब्यबस्था छैन ।
जलबयू परिबर्तनले कृषिमा पारेको प्रभाबका कारण खाधान्न उत्पादनमा समेत असर परिरहेको छ । जसका कारण स्थानिय उत्पादन घट्दै गइरहेको छ ।
तर सरकार भने जलबायू परिबर्तनका कारण परेको असरका कारण रोजगारी गुमाएका वा सेवा सुबिधा कटौती गरिएका श्रमिकका बिषयमा आज सम्म मौन छ । श्रमिकलाई सुबिधा, रोजगारी, क्षतिपुर्ती तथा सामाजिक सुरक्षाका सवालमा कतै कुनै सरकारी निकायबाट आवाज उठेको समेत सुनिएको छैन ।
तरपनि सरकारले चाहेमा श्रमिककालागी गर्न नसक्ने भने हैन । अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ःदेशको जलबायू नितिका कारण जोखिममा रहेका श्रमिककालागी सरकारले सँक्रमणकालिन योजना निर्माण गर्न सक्छ । अनौपचारिक श्रेत्रमा श्रम र श्रमिकलाई अनिबार्य सामाजिक सुरक्षाकोषमा आबद्ध गराई उनिहरुको सुरक्षित भबिश्यको सुनिश्चित गर्न सक्छ ।
अन्तराट्रिय ट्रेड युनियन महासँघ नेपाल आबद्ध परिषद ( ITUC -ANC ) सँग आबद्ध नेपालका तिन ठुला ट्रेड युनियन महासँघहरु अखिल नेपाल ट्रेड युनियन महासँघ (अन्टुफ), नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट), तथा नेपाल ट्रेड युनियन काँग्रेस(एनटियूसी) ले पत्रकार सँम्मेलन मार्फत सँयूक्त अपिल जारी गर्दै जलबायू परिबर्तनका कारण रोजगारीमा असर परेका श्रमिकको श्रम र सुबिधाको ग्यारेन्टि गर्न आग्रह गरेका छन ।
जलबायू परिबर्तका कारण हुने जोखिमको अन्त्यगरी रोजगारी सँरक्षण, न्यूनतम बेतनको सुनिश्चितता, सामाजिक सुरक्षाको प्रत्याभूती, निति निर्माणमा युनियनहरुको सक्रिय सहभागिता, हरित रोजगारीको बिस्तार, बिपद्ध कालमा उद्दार तथा पुर्नस्थापना जस्ता बिषयहरुलाई प्राथमिकताका साथ अघि बढाएर जलबायूका प्रतिकुल असरबाट श्रमिकहरुलाइ जोगाउन पनि सबै पक्षमा ट्रेड यूनियनहरुले अपिल गरेका छन ।