‘अनेसास शिखर पुरस्कार’ कार्कीलाई

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , साहित्य , ८ महिना अगाडि

काठमाडौँ, ११ मँसिर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले यस वर्षको अनेसास शिखर पुरस्कार २०८० कान्तिपुरकर्मी होम कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली पत्रकारीता तथा साहित्यको क्षेत्र बाट कतारको साहित्यमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै यो बर्षको “अनेसास शिखर पुरस्कार—२०८०” प्रखर पत्रकार तथा साहित्यकार होम कार्की ज्यूलाई पुरस्कृत गर्ने निर्णय गरेको पुरस्कार समितिका सँयोजक प्रेम प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।


कतारी श्रमिक नेपाली ड्यास्पोरामा नेपाली श्रमिकहरुको आगमनसँगै नेपाल र नेपालीहरुको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीत संगीत र सामाजिक क्रियाकलाप तथा कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा साहित्यकार स्व शिखर बैधले पुर्याउनु भएको योगदानको कदर स्वरुप अनेसास शिखर पुरस्कार २०७७ सालमा स्थापना भएको बोर्ड अफ ट्रस्टी एबँ रेगिस्तानी कबी तिर्थ सँगम राईले बताउनु भएको छ ।


३३ हजार ३ सय ३३ रुपयाँ तथा सम्मानपत्र रहेको अनेसास शिखर पुरस्कार बाट पुरस्कृत हुने कार्की चौथो श्रष्टा हुनुहुन्छ । यसअघि २०७७ सालमा पहिलो पुरस्कार साहित्यकार बिनोद खड्कालाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार जुनेली कबी बद्रि प्रसाद पराजुली तथा २०७९ को पुरस्कार कबी तथा साहित्यकार गिरी श्रीस मगरलाई प्रदान गरिएको थियो ।