आर्थिक अँधेरो छाउँदै गर्दा बासिदले बाले आशाको दियो

Dipak Pudasaini Business/अर्थ ब्यापार , LeoVegas Finland , News/समाचार , प्रदेश , प्रवास , बिचार , ८ महिना अगाडि

दिपक पुडासैनी
देशमा ब्यापार ब्यबसायले मन्दि छाएको छ । ब्यापारीहरु हरेक दिन सटर बन्द गर्न थालेका छन । दिनानूदिन ब्यबसाय खस्कँदै गएपछी काठमाण्डौ लगायत देशका मुख्य शहरका घरहरु रित्तिदै जान थालेका छन । जताततै सटर भाडामा र घर भाडामा लेखिएका बोर्डहरु झुण्डिने क्रम बढेको छ ।


उधोगी ब्यबसायीहरु आफ्ना उधोग ब्यबसाय चलाउने कि बन्दगर्ने दोधारमा छन । ब्यबसाय नचलेर बैकको किस्ता समेत तिर्न नसकेपछी कतिपय उधोग बन्द भै सके, कतिपय ब्यबसायी पलायन भै सके ।
सरकारको अदुरदर्शी निती र कर्मचारीको अबैध आम्दानीको परम्पराले सिमा नाघेपछी देशको अर्थतन्त्र अन्धकार तर्फ धकेलिएको स्पष्ट देख्न सकिन्छ । हरेक दिन देखिने त्रिभुबन बिमान स्थलको देशबाट बाहिरिने युवाशक्तिको भिड र नाका नाकाको लस्करले देशमा केहि गर्न नसकिने रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको अबस्था छ ।


देशको यस्तो बिकराल आर्थिक स्थिती भएको अबस्थामा प्रवासमा ब्यबसाय गरिरहेका एक नेपाली युवाले करोडौ लगानी स्वदेश भित्राएका मात्रै छैनन आफ्नै जन्मस्थानको नाममा ब्राण्ड स्थापना गरी बेलायत देखी कतार सम्म तहल्का मच्चाएक छन ।
गैर आवासिय नेपाली सँघका युवा उपाध्यक्ष समेत रहेका अब्दुल बासिदले बेलाको ब्राण्डको शुरुवात बेलायतबाट गरी कतारमा बिस्तार गरेका हुन । आफ्ना सन्तानले आफूले जस्तै रोजगारीको खोजिमा परदेश भासिन नपरोस भन्ने आफ्ना पिताको चाहना बमोजिम बिदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुँजीलाई स्वदेश भित्राउने उदेश्य अनुरुप तिनबर्ष पहिले नेपालमा बेलाको ब्राण्ड भित्राएका हुन ।


देशमा बढ्दै गइरहेको आर्थिक निराशाको अन्धकारमा आशाको दियो जलाउँदै बासिदले हालै बेलाको ब्राण्डको शाखा बिस्तार गरी बेला गाउँकै छत्र छायाँमा दोस्रो शाखाको भब्य शुभारम्भ समेत गरेका छन । जन्मभुमी मधेशका नागरिकलाई आपनत्व र उच्चस्तरिय घरायसी सामान दिलाउने उदेश्यले जनकपुरमा शाखा बिस्तार गरेको पनि बासिदले जानकारी दिएका छन ।
प्रतक्ष अप्रतक्ष करिब १ सय ५० जनालाई रोजगारी दिइरहेको र थप रोजगारी सिर्जना गर्न अग्रसर बेलाको ब्यापार र ब्यबसाय मात्रै होइन अहिलेको समयमा अभियान पनि भएको छ । यो एक किसिमको प्रेरणा र उर्जा पनि हो गरे सँम्भब छ है भन्ने ।
बिदेशमा रहेर स्वदेशमा लगानी गर्न चाहने तथा स्वदेशका ब्यबसाय बन्द गरेर पलायनको बाटो रोज्न लागेकाहरुलाई यो एउटा उद्धाहरण पनि हो साथै बिदेशम सिकेको ज्ञान, सिप र आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नपर्छ भन्ने । ताकी भोलि हाम्रा सन्तती फेरी बिदेशतिर रोजागरी खोज्न नभौतारिउन भन्ने शिक्षा पनि हो ।
कतारलाई कर्मथलो बनाएका बासिदले बेलायतमा सामान उत्पादन गरेर कतारमा आक्रामक ब्यापार गरी त्यहाँको सफलता पछी नेपाल प्रबेश गर्नु बिश्वभर छरिएर रहेका नेपालीको पनि प्रेरणा हो ।


बासिदको यो उत्साहजनक प्रेरणालाई अँगाल्दै अन्य गैर आवासिय नेपालीले पनि स्वदेशमा लगानी भित्राउँदै नेपालमै उधोग ब्यबसाय स्थापना गरी रोजगारका अबसर सिर्जना गर्नमा महत्वपूर्ण भुमिका निर्बाह गर्न सक्छन ।
हाल घरायसी सामानहरु बिदेशमा उत्पादन गरी नेपाल भित्राएको बेलाकोको योजना भने भबिश्यमा नेपालमै यि सामानहरु उत्पादन गर्ने गर्नु रहेको छ । जसबाट हज्जारौले प्रतक्ष रोजगारी पाउन सक्छन । भने देशको पूँजी बाहिरिन समेत न्यूनिकरण हुनसक्छ ।
एयरकण्डिसन, फ्रिज, वासिङमेसिन, टेलिभिजन, आइरन, हिटर, ग्याँस चुल्हो, राइसकुकर, लगायत ४३ प्रकारका घरायसी सामान उत्पादन तथा बिक्रि बितरण गरिरहेको बेलाको निकट भबिश्यमा नेपालको उत्कृष्ट ब्राण्ड बन्न सक्छ ।


अन्धकार तर्फ लम्केको नेपालको अर्थतन्त्रमा दिपबाल्ने अब्दुल बासिद जस्ता युवा ब्यबसायीलाई सरकारको पनि उत्तिकै साथ र सहयोगको आबश्यकता हुन्छ । यस्ता ब्यबसायीहरुलाई कर्मचारी सँयत्रले समेत उचित मार्ग प्रदान गर्नु पर्दछ ।
स साना कानूनी छिद्र केलाउँदै घुस, कमिसन, चन्दा आतँक सिर्जना गरी स्वदेशमै लगानी गरी केही गर्छु भनि अग्रसर भएका लगानीकर्ता लाई हतोत्साही गर्नु गराउनू हुँदैन । कहिँ कतै बधा अड्काउका कानूनी छिद्र भेटिएभने तिनलाई सरकार र कर्मचारीतन्त्रले नै टाल्नु पर्छ । लगानी कर्तालाई अनाबस्यक दुःख र झण्झट देखाई भाग्ने बाताबरण बनाउनू हुँदैन ।