हाडजोर्नी तथा नशाको निःशुल्क परिक्षण र रक्तदान गर्दै स्पार्क हेल्थहोम

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , ५ महिना अगाडि

काठमाडौंको, १० फाल्गुन । काठमाण्डौको कालिमाटी स्थित सोल्टीमोडमा रहेको देशकै पुरानो प्राकृतिक चिकित्सा सम्बन्धी स्पार्क हेल्थ होम अस्पतालले हाडजोर्नी तथा नशा सम्बन्धी निःशुल्क शिविर तथा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

अस्पताल स्थापनाको ३२ औं वार्षिकोत्सवको अवसरमा भोली फागुण ११ गते शुक्रबार एक दिने नि ःशुल्क शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका डाक्टर तथा मेरुदण्ड, हाडजोर्नी, नशाा तथा प्रकृतीक दुखाई बिशेषज्ञ डा. सुनिल पौडेलले जानकारी दिनु भएको छ । शिविरमा पक्षघात, हड्डी खिइएको, नशा च्यापिएको, बाथ घुँडा, जोर्नी दुख्ने लगायतका रोगमा निःशुल्क परीक्षण गरिनेछ भने अन्य जाँचहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले जानकारी दिनुभयो । अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको दिन आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिविर गर्दै आएको जनाएको छ । शिविर बिहान ९ बजेदेखि ४ बजेसम्म र रक्तदान बिहान ९ देखि १ बजेसम्म चल्ने अस्पतालले जानकारी दिएको छ । ।