एनआरएनएको केन्द्रिय कार्यालयमा आरके समुहले गरे तालाबन्दी

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ५ महिना अगाडि

काठमाडौं, १० फाल्गुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटार स्थित ललिता निवास परिसरमा रहेको केन्द्रिय कार्यालयमा आर के शर्मा नेतृत्वको समुहले तालाबन्दी गरेको छ । संघकै कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त समुहले सँस्थामा बद्री केसिले लगाएको तालामाथि नै थप अर्को ताला लगाएको हो । पत्रकार सम्मेलनमा बिभिन्न देशबाट उपस्थित अभियन्ताहरुले एनआरएनएको उक्त भवन र जग्गाको जिम्मा तत्कालीन कोषाध्यक्ष र महासचिव बद्री केसी तथा तत्कालिन नेतृत्वले लिनुपर्ने बताएका छन । उनिहरुले केसीले बिश्वका लाखौ गैर आवासीय नेपालीबाट उठाईएको रकमबाट खरीद गरिएको कार्यालय निजीजस्तो बनाई ३ दिनदेखी नै सबै कर्मचारीलाई बिदा दिएर अफिस बन्द गरेर रसियन शैली देखाएको भन्दै खेद प्रकट गरेका थिए ।
उक्त अबसरमा गैर आवासिय नेपालीहरुको ४१ करोड बढीको लगानीमा बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग शर्मा तृत्वको एनआरएनएले माग गरेको छ ।


ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र हिजो काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको हो ।


एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटारमा आरके शर्मा समूहले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बद्री केसी समुहले संस्था र भवन नै कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रती आफ्नो आपत्ति रहेको बताए । शर्माले आफ्नो समुह जती लचक हुदा पनि केसिले रसियन शासन लगाउन खोजेकाले त्यो कदापि हुन नदिन आफू तल्लीन रहेको बताए ।
बिश्वका श्रमिकहरुबाट उठाईएको रकमबाट खरीद भवनमा केसिले गुण्डागर्दि शैली देखाएर चाबी लगाएर निजीजस्तो बोकेर हिडनु गलत रहेको जनाउदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले घोर आपत्ती प्रकट गरे । उनले तत्काल यस्ता कार्य बन्द गरेर आफ्नो कमी कमजोरी सुधार्दै एनआरएनएको सम्पत्ति फिर्ता गर्न तर्फ लाग्नुपर्ने बताए ।


भवन निर्माण विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमको भनाइ छ ।
गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफुलाई अध्यक्ष बताउँदै आएका बद्री केसीले कार्यालयमा तालाबन्दी गरेकोप्रती घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा सल्लाहकार एबं निबर्तमान उपाध्यक्ष नरेन्द्र भाटले बताए ।
लाखौ सदस्य रहेको गैर आवासीय नेपाली संघ नेपाल सरकारसँग साझेदारी गर्ने संस्था भएपनि राजनीतिक रङ छर्दै व्यक्तिवादी प्रवृति हावी हुँदै गएको संघका निबर्तमान उपाध्यक्ष एबं अभियन्ता डिबि क्षेत्रीले बताए ।

… र यो पनि पढ्नुहोस http://newsbanknepal.com/2023/09/17/77783/

उनले जो जो जता गए पनि सहमतीको बिकल्प नभएको र आफ्नो बस्ने अफिस नै गैसकेको अबस्थामा सँस्थापक अध्यक्षदेखी बर्तमान अध्यक्ष सबै सहमतीका लागी लागी पर्नुपर्ने बताए ।
केसी समूहले दादागिरी शैलीमा कार्यालयमा तालाबन्दी गरेको कुरा स्वीकार्य नभएको र बिदेशमा रहेका नेपाली नागरिकको लगानीमाथि गरिएको मनोपोलीप्रति एनआरएनए युरोप संयोजक चिन्तामनि सापकोटाले गम्भीर आपत्ति प्रकट गरे । उनले एनआरएनएको अहिलेसम्मको सबै हिसावकिताव सार्वजनिक गरेर दुरुप्रयोग गर्नेबाट भराउनूपर्ने बताए ।
जनसंपर्क समिती बेल्जीयमका पुर्व सभापती पुर्ण तिमल्सिनाले एनआरएनएको गत निर्वाचनमा भेरो धाँधलीमात्रै नभएर रसियन माफियाकरण भएको दावी गरे । उनले तत्काल नेपाल रास्ट्र बैंकले खाता बन्द गर्नुपर्ने समेत बताए ।
बिदेशमा श्रम गर्ने नेपाली नागरिकको रगत र पसिनाबाट बनेको भवनलाई केसी समुहले दादागिरी शैलीमा आफ्नो नियन्त्रणमा लिएर तालाबन्दी गरेको उनीहरुको भनाई थियो ।

तलब खाने तर कर्मचारी कार्यालयमा उपस्थित नहुने, कार्यालयमा तालाबन्दी गरी सेवा प्रवाह बन्द गरेर आफ्नै मनोमानी ढङ्गले केसी समूह अगाडि बढेकोमा केसी समूहको प्रतिवाद गर्ने पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले बताए । केसी समुहले कार्यालयमा लगाएको तालामाथि आफुहरुले अर्को ताला लगाएको उपाध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताए ।
पछिल्लो समयमा भएका घटनाक्रमले गैर आवासीय नेपाली संघ राजनीति खिचातानीका बीच चलिरहेको महसुस भइरहेको विभिन्न देशका एनआरएनए अभियन्ताहरुले गुनासो गरेका छन । उनीहरुले एनआरएनएजस्तो सँस्थाको सम्पत्ति बद्री केसिले एकलौटी दुरुप्रयोग गरेकोमा रोष प्रकट गर्दै केसिको मनोपोलीबिरुद्द आफूहरु रहेको बताए ।
यसअघिका बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गर्दै गैर आवासीय नेपाली संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन कसरी जोगाउने भन्ने मात्रै समस्या नभई अन्य धेरै समस्याहरु रहेको जानकारी गराइएको थियो
कार्यक्रममा एनआरएनएका सल्लाहकार नरेन्द्र भाट,शनि कुमार ओली,अभियन्ता एबं निबर्तमान उपाध्यक्ष डिबि क्षेत्री,एनआरएनए अध्यक्ष आरके शर्मा, उपाध्यक्ष खगेन्द्र न्यौपाने,गंगाधर गौतम,महासचिव बुद्दी सुवेदी,उपमहासचीव कृष्ण गिरी,युरोप संयोजक चिन्तामनि सापकोटा,युरोप उपसंयोजक भीमसेन थापा लगाएतको उपस्थिती थियो ।