पत्रकार सापकोटाको पाँचौ कृति ‘जीबगाथा’ को लोकार्पण

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रवास , साहित्य , साहित्य/ पुस्तक , ५ महिना अगाडि

काठमाडौँ, १३ फागुन । प्रकृति, बन्यजन्तु तथा वातावरणका बिषयमा बिशेष चासो राख्ने पत्रकार एबँ लेखक ददि सापकोटाको पाँचौ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा हिजो आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रकृति एवँ जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको वन्यजन्तुविद् राजेन्द्र सुवालले बताउनु भएको थियो । जीव,जनावरका आनीबानी र क्रियाकलाप बारे सरल किसिमले लेखिएको यो पुस्तकको बिशेष महत्त्व पनि रहेको सुवाल भनाइ छ ।

चर्चित लेखक अमर न्यौपानेका अनुसार लेखक सापकोटा मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने, तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, तिनका आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव हुनुहुन्छ । ‘ददिजीको लेख्ने तरिका रमाइलो छ । पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उहाँको लेखन मलाई मन पर्छ,’ लेखक न्यौपानेले भन्नुभयो ।

पत्रकारिता क्षेत्रमा आउनु अघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक सापकोटाले जानकारी गराउनु भयो ।
जीवगाथामा लेखक सापकोटाले एकाबिहानै भाले बास्नुको रहस्य देखी बिरुवाले रङ बदल्नुको रहस्य सम्मका कौतुहलताका सामाग्री सामाग्री पस्कनु भएको छ । पुस्तकमा ५७ बिभिन्न शिर्षकमा जीबजन्तुका बिच हुने मायाँ, प्रेम, स्नेह, भाषा र सँकेतका बिषय भेट्न सकिन्छ । चरा, पुतली, अनि बनस्पतीको जीवनयात्रा कस्तो हुन्छ, बिश्वका अग्ला अग्ला हिमाल पहाड नाघेर चराहरु कसरी र कहाँ कहाँबाट नेपाल आउँछन लगायतका बिषय समेटीएका छन ।


प्रकृती र जिबजन्तु प्रेमी लेखक सापकोटाले आफु यस्ता विविध पक्षबाट आकर्षित भएको र सबै मानिसमा नपुगेको जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखको बताउनु भएको छ ।
लेखक सापकोटाले यस अघि चराहरुको बिषय समेटेर पँक्षी जगत, युरोपमा नेपालीले भोग्नु परेका बिषय समेटेर दुखेको युरोप, नेपाल आएर फर्केका फ्रन्सेलीहरुको आँखा तथा मनमा बसेको नेपालबारे धारणा समेटेर त्यो नेपाल तथा जनाबरका बिबिध क्रियाकलाप समेटीएको पुस्तक बनको बैभब प्रकाशित भै सकेको छ ।