बैरो कार्यालय दैनिक एक्काइस घण्टा खुल्ने, श्रम स्वीकृति सेवा तिन शिफ्टमा

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ४ महिना अगाडि

काठमाण्डौ, १७ चैत्र । वैदेशिक रोजगार कार्यालय अब दैनिक २१ घण्टा खुल्ने भएको छ । वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति लिन सहज बनाउने उदेश्य अनुरुप तीन शिफ्ट मा काम शुरु भएको हो ।

बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन शिफ्टु मा सेवा दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनु भएको छ । घिमिरेका अनुसार यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो । महानिर्देशक घिमिरेका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ । नयाँ र पुनः श्रम स्वीकृति गरी अहिले दैनिक दुई हजार पाँच सय जनासम्मलाई श्रम स्वीकृति दिने गरेको पनि घिमिरेले बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएपछि कार्यालयले श्रम स्वीकृति दिने सेवा दुई शिफ्ट बाट तीन शिफ्टमा विस्तार गरेको हो ।

कार्यालयले अहिले अनलाइन फारम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि अनलाइन प्रणाली खुला गर्दा चाप धेरै पर्ने गरेको र त्यसले प्रणालीमा समस्या हुँदा टोकन लिन नै सास्ती हुने गरेको गुनासो आएको कार्यालयका निर्देशक एवम् सूचना अधिकारी कल्पना मास्केले बताउनुभयो ।