१ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो माग सहित अख्तियार द्धवारा ३२ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ४ महिना अगाडि

काठमाण्डौ,२३ चैत्र । १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ५२ रुपयाँ बिगो कायम गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध हिजो भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले कर्णाली प्रदेशका प्रदेश सभा सदस्य शाही, नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । वाइडबडी जहाज खरिदमा भएको अनियमितताका सम्बन्धमा २४ जना नेपाली र आठ जना विदेशी बिरुद्ध आरोप पत्र दर्ता भएको बिशेष अदालत श्रोतले जानकारी दिएको छ ।