सशस्त्र प्रहरी बलको लत्ता कपडा भण्डारमा आगलागी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय लत्ता कपडा भण्डारमा आगलागी भएको छ । बलम्बु प्रहरी प्रभाग कार्यालयका प्रमुख आदित्यराज विष्टका अनुसार आगलागीले भण्डारणमा रहेका कपडा जलेर नष्ट भएको छ ।

गोदाममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ ।

यसैबीच,उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी भएको स्थलको अवलोकन गरेका छन् । उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न सुझाव दिएका छन् । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच, आगलागीबारे छानविन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् ।