‘दियो कलश’ बोकेर आइन गायिका भट्टराई

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , २ हप्ता अगाडि

काठमाडौं,२२ बैशाख । लोकप्रिय गायिका गीता भट्टराईको अर्कोगित सार्बजनिक भएको छ ‘दियो कलश’ ।
एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’ को भिडियो गायिका भट्टराईको आफ्नै युटूव च्यानबाट सार्वजनिक भएको हो । रमेश परियारको शब्द, संगीत रहेको ‘दियो कलश’ गीतमा गायिका गीता भट्टराइलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली, अस्मिता रणपाल आदिको साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ ।
अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।