बलात्कार मुद्धामा सफाई पाए सँगै सँन्दिपले बिश्कप खेल्ने बाटो खुल्यो, क्यानले फुकुवा गर्यो निलम्बन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Sports/खेलकुद , प्रदेश , प्रवास , २ महिना अगाडि

काठमाडौं, २ जेठ । सम्मानित उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको हो ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । आज उच्च अदालतले सफाइ दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।
यसअघि उच्च अदालत पाटनले सन्दिपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको थियो ।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको थियो ।