पेट्रोलमा ७ र डिजेलमा ५ रूपैयाँ घट्यो

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , २ महिना अगाडि

काठमाडौं,२ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८।५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१।५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।