प्रतिनिधिसभाको बैठक स्थगित

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

काठमाडौँ, ४ जेठ। प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । रासस