थलीमा शंकास्पद अवस्थामा एकजना पुरुषको शव भेटियो

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ महिना अगाडि

काठमाडौंको, ८ जेठ । कागेश्वरी मनहरा नगरपालिका वडा नँ ५ थलीको ओरालोमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। शव बिहान साढे पाँच बजे फेला परेको प्रहरी प्रभागथलीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ हामी पहिचानको कोसिस गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्। शब चाबहिल साँखु सडक खण्ड अन्तरगत थली ओरालोमा पर्खाल निर्माण भइरहेको स्थानमा फेला परेको हो ।

‘हामीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ प्रहरीले जानकारी दिएको छ।