कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले मंगलबार अपराह्न पक्राउ गरेको हो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको थियो ।सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा २०८१  वैशाख  १६ मा किटानी जाहेरी दिएका थिए ।

यसैबीच,अध्यक्ष सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।

उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियोे ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उहाँविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको सन्दर्भमा अध्यक्ष सिरोहियालाई पक्राउ गरेको उनीद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।