सुकुम्बासी वस्ती डुबानमा परेपछि मेयर बालेन्द्र साहले भने- ओली ज्यू भाेटका लागि उनीहरुकाे जीवनसँग खेलवाड नगर्नुस्

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भारी वर्षाले काठमाडौंका केही स्थानमा भएको डुुवानप्रति आफ्नो धारणा व्यक्त गर्दै खोला बस्तीमा पसेको नभई खोलाले आफ्नो बाटो खोजेको बताएका छन् । केही घण्टा पानी पर्दा त यस्तो हालत छ भने केही दिन लगातार पानी पर्दा के हालत हुने हो भनि मेयर साहले प्रश्न गरेका छन् ।

वागमती किनाराका सुकुम्बासी वस्तीप्रति लक्षित गर्दै उनीहरुको जीवनसँग खेलवाड गरेर भोटको राजनीति नगर्न पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै मेयर साहले ठूलो दूर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने की उनीहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्ने भनि ध्यानाकर्षण गराएका छन् । साथै बालेनले ओलीलाई प्रश्न गरेका छन् जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेको तथ्याकं उल्लेख गर्दै मेयर साहले कडा शब्दमा ओलीलाई व्यङग्य गर्दै भनेका छन् तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छन् । साथै उनले भनेका छन् अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।