काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि
आजदेखि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ । स्थानीय तहमा ४३ पद रिक्त छन् ।