काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ ।
प्राधिकरणले महशुल नबुझाएको भन्दै ती उद्याेगकाे लाइन काटेपछि उत्पादन ठप्प छ ।
प्राधिरकरणले किस्ताबन्दीमा महशुल बुझाउन छुट दिन सकिने भनेपछि ८ वटा उद्योगले विद्युत महशुल बुझाएका छन् । महशुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन जोडेको छैन ।
प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महशुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुसँग फिरौती नभइ उद्योगले प्रयोग गरेको विद्युत महशुल उठाउन लागेका बताए।