हल्का वर्षाले काठमाडौं उपत्यकामा चिसो बढ्याे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ महिना अगाडि

काठमाडाैं । पश्चिमी र स्थानीय वायुको न्यूनचापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हल्का वर्षा भएकाले काठमाडौं उपत्यकामा चिसो समेत बढेको छ । भोलिसाँझदेखि मौसममा सुधार हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।