अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार

Bhim Thapa Banner Headline with Image , Latest Update , प्रवास , ४ हप्ता अगाडि

एजेन्सी । अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएकी छिन् ।पराजयपछि उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा सम्बोधनमा गर्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गरिन् ।

अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको एक सहयोगीले बताएका छन् ।

ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गरेका हुन् ।

ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गरेकी थिइन् तर सीएनएनको एक्जिट पोलले उनलाई केवल आठ अङ्कको जनसाङ्ख्यिकीय अग्रता दिएको थियो ।