सुँगुरको मासुमा पल्किए साइल र सम्झना

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ हप्ता अगाडि

काठमाडौं ३० कात्तिक । पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी बढीरहेको बेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर साइल लिम्बु र सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको यो गितमा भिडियो जि. मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गितको म्यूजिक भिडियोमा कलाकार यासेली योङहाङ, चर्चित मोडल डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, ‘हाङ बारे’ बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु, लगायतले अभिनय गरेका छन् ।
प्रकाश आङ्बुहाङ ‘हाङ्बारे’ निर्माता रहेको भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन, दिनेश माङ्गमुको कोरियोग्राफी छ भने बिजय मगरले म्यूजिक भिडियो निर्देशन गरेका छन ।