‘दुध उत्पादनको सास्ती उत्पादकलाई मात्रै थाहा हुन्छ’ – कृषक ‘खत्री’

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ हप्ता अगाडि

काठमाण्डौ, १० मँसिर । उमेरले ६ दशक पार गरिसकेर पनि कृषी र पशुपालनमा सक्रिय महिला कृषक हुनुहुन्छ रुद्र कुमारी खत्री । खत्रीलाई आज कागेश्वरी दुग्ध उत्पादक सहकारी सँस्थाले नगद सहित सम्मान गरेको छ । सँस्थाको १७ औ साधारण सभामा नियमित दुध बिक्रि गर्ने अब्बल महिला कृषक भन्दै सम्मान गरेपछी बोल्दै कृषक खत्रीले दुध उत्पादकले लगानी अनुसार मुल्य नपाएको दुखेसो पोख्नु भयो । दुध उत्पादन गर्न कति सास्ती छ किनेर खानेले बुझ्दैन भन्दै उहाँले लगानी अनुसार दुधको मुल्य निर्धारण गर्न सरोकारवालाहरु लाई घच्घच्याउनू भयो ।
खत्रीले भन्नु भयो ‘गाइ, भैसी पालेर ढुटो, दाना, घाँस, पराल, मल, भकारो, पानी, कुँडो खुवाएर बिहान देखी बेलुका सम्म दुःख गरेपछी बल्ल दुध दुन पाइने हो । उत्पादन गर्न बजारमा सहजै किने जस्तो सजिलो छैन’ ।
उक्त साधारण सभामा खत्री सँगै अन्य ४ जनालाइ पनि नगद सहित सम्मान गरिएको थियो । जसमा ३ सय ६५ दिन नै भैसीको दुध उपलब्ध गराउने मिगमार दोर्जे लामा, गाइको दुध ३ सय ६५ दिन नै उपलब्ध गराउने राजन खड्का, युवा कृषक बिकास कुँइकेल तथा नियमित दुध उत्पादन, सँकलन तथा बिक्रि गर्ने कृषक मणिराम केसी हुनुहुन्थ्यो ।
सँबिधान सभा सदस्य एबँ बागमती प्रदेशका पुर्बमन्त्री रामेश्वर फुँयालले प्रमुख आतिथीको आसनबाट बोल्दै सँबिधानले सरकारी, सहकारी र निजिक्षेत्रलाई बिकाशको आधार स्तम्भ मान्दै समान अधिकार दिएको जानकारी गराउनु भयो ।
तिनै तहका सरकारको जिम्मेवारी किसानको उत्पादनको बजारीकरण गर्ने र लगानीको उचित प्रतिफल उपलब्ध गराउने हो भन्दै सरकारमा बसेकाहरुलाई किसानका समस्या तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।


भैसी पालनलाई प्रबर्धन गर्न तथा उत्पादनमा लगानी बढाउन किसान र सँबन्धित क्षेत्रका बित्तिय सँस्थाहरुबिच घनिभुत छलफल गराउने आफ्नो योजना रहेको पनि फुँयालले बताउनु भयो ।
अनपेक्षीत ब्यक्तिहरु प्नि सहकारी ठगिमा सँलग्न भइरहेको पाइएको अबस्थामा कागेश्वरी दुग्ध उत्पादक सहकारीले लोभलाग्दो प्रगती गरेको भन्दै नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाका अध्यक्ष सुर्य सुबेदीले उत्पादन मुलक सहकारीले सधै प्रगती गर्ने धारणा राख्नु भयो ।


कागेश्वरी मनोहरा नगर पालिका कृषी शाखा प्रमुख गोमा खतिवडा, सहकारी शाखा प्रमुख बिश्वास ज्ञवाली, पशुशाखा प्रमुख राम बहादुर देउजा, केन्द्रिय दुग्ध सहकारी सँघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायतले सँबोधन गरेको साधारण सभामा कोषाध्यक्ष धर्मराज धिमालले गतबर्षको आयब्यय तथा आगामी बर्षको आर्थिक योजना पेश गर्नु भएको थियो ।


१७औ साधारण सभाका सभापती एबँ कागेश्वरी दुग्ध उत्पादक सहकारी सँस्थाका अध्यक्ष रवि शरण थापाले बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो ।


प्रतिबेदन अनुसार सहकारीको शेयर सदस्य सँख्या बढेर ४ सय १० पुगेको छ । शेयर पुँजी ५१ लाख ४० हजार ३ सय पुगेको छ । त्यसैगरी गतबर्ष कृषकबाट ५ लाख ११ हजार ७ सय ८१ ीलटर दुध सँकलन भएको छ भने यसबाट ४ करोड ३३ लाख ५२ हजार ७ सय ८८ रुपयाँ बराबरको कारोबार भएको छ ।
सँस्थाले ३ वटा सँकलन केन्द्रबाट दैनीक १ हजार ५ सय लिटर दुध सँकलन गरीरहेको पनि अध्यक्ष थापाले जानकारी गराउनु भयो ।

उक्त अबसरमा अतिथीहरुलाई कागेश्वरी दुग्ध सहकारीले तयार गरेको ‘कागेश्वरीको कुरौनी’ तथा घिउ उपहार समेत दिइएको थियो ।